काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ उपराष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा सर्नुभएको छ। उपराष्ट्रपति पुन आज दिउँसो १ बजे उपराष्ट्रपति भवनबाट चन्द्रागिरी नगरपालिका वडा नं. १ दहचोकस्थित निजी निवासमा सर्नुभएको प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनुभयो ।
उपराष्ट्रपति निवासको आवश्यक मर्मत तथा सरसफाइ सहजताका लागि उपराष्ट्रपति निजी निवासमा सरेको उहाँले बताउनुभयो । भोली शुक्रबार उपराष्ट्रपतिको निर्वाचन हुँदैछ। उपराष्ट्रपति पदका लागी ४ जनाको उमेदवारी परेको छ ।