Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

बालुवाटारमा सत्तारुढ १० दलको बैठक सुरु

बालुवाटारमा सत्तारुढ १० दलको बैठक सुरु

  • बुधवार, चैत्र १ २०७९

  • 263
    SHARES

  • बालुवाटारमा सत्तारुढ १० दलको बैठक सुरु

    काठमाडौं । उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल गर्न सत्तारुढ १० दलको बैठक बालुवाटारमा सुरु भएको छ ।

    उपराष्ट्रपतिको निर्वाचनसहित सरकारको बिषयमा सहमति गरेका दस दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

    उपराष्ट्रपतिका लागि सत्तारुढ गठबन्धनबाटै ३ जना उम्मेदवार छन् । सत्तारुढ ठूला दलले जनता समाजवादी पार्टी जसपालाई उपराष्ट्रपति दिने भने पनि जनमत पार्टीले पनि ममता झाको मनोनयन दर्ता गरेको छ ।

    जसपाले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाउने निर्णय गरे पनि उपराष्ट्रपतिमा महिला नै चाहिने अवस्थाका लागि भनेर प्रमिला कुमारीको पनि मनोनयन दर्ता गरेको छ । नेकपा एमालेले भने अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको छ ।उपराष्ट्रपति पदका लागी आगामी चैत ३ गते निर्वाचन हुँदैछ ।


    बुधवार, चैत्र १ २०७९०५:५८:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij