Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

पोखरा विमान दुर्घटना : जाँच आयोगको म्याद ४५ दिन थप

पोखरा विमान दुर्घटना : जाँच आयोगको म्याद ४५ दिन थप

  • बुधवार, चैत्र १ २०७९

  • 279
    SHARES

  • पोखरा विमान दुर्घटना : जाँच आयोगको म्याद ४५ दिन थप

    काठमाडौं । सरकारले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको जाँचबुझ गर्न गठित आयोगको म्याद ४५ दिन थप गरेको छ । हिजो मन्त्रिपरिषद बैठकले आयोगको म्याद ४५ दिन थप गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभएको छ ।

    गत १ माघमा काठमाडौंबाट गएको यती एयरको विमान पोखरामा दुर्घटना हुँदा सबै ७२ जनाको मृत्यु भएको थियो । सरकारले सोही दिन पूर्व सचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा हवाइ विज्ञहरुसमेत संलग्न ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको थियो। सुरुमा आयोगलाई ४५ दिनको समय तोकिएको थियो ।

    आयोगले ३ फागुनमा प्रारम्भिक प्रतिवेदन दिँदै दुर्घटनाको १४ सेकेण्ड अगाडि पाइलट अञ्जु केसीबाट प्रशिक्षक पाइलट कमल केसीले कमाण्ड लिएको उल्लेख गरेको थियो । जाँच आयोगले काम सक्न बाँकी रहेकाले म्याद थप गरिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनु भएको थियो ।


    बुधवार, चैत्र १ २०७९०४:२३:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij