Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड र देउवामा दुवैमा भागबण्डा मिलाउने कला छ, समस्या हुँदैन :डा. शेखर कोइराला

प्रचण्ड र देउवामा दुवैमा भागबण्डा मिलाउने कला छ, समस्या हुँदैन :डा. शेखर कोइराला

  • बुधवार, चैत्र १ २०७९

  • 346
    SHARES

  • प्रचण्ड र देउवामा दुवैमा भागबण्डा मिलाउने कला छ, समस्या हुँदैन :डा. शेखर कोइराला

    काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान नेतृत्वको सरकार ढाल्ने खेलमा नलाग्ने बताउनु भएको छ । पार्टी कार्यालय सानेपामा आज बसेको कार्यसम्पादन समितिको बैठकपछि उहाँले वर्तमान प्रचण्ड नेतृत्वको सरकार ढालेर बीचैमा आफ्नो नेतृत्वको सरकार बनाउने खेलमा कांग्रेस नलाग्ने बताउनु भएको हो ।

    प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत दिने तयारी गरेको भन्दै विश्वासको मत लिएपछि मात्रै सरकारले पूर्णता पाउने बताउनु भयो। प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवामा गठबन्धन सरकारमा भागबण्डा मिलाउन कला रहेको कोईरालाको भनाई छ ।

    ‘गठबन्धनमा भागबण्डा मिलाउने कला हाम्रो सभापतिजीमा पनि छ। त्यही भएर अहिलेसम्म टिकिराख्नु भएको छ,’ उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीजीमा पनि त्यो कला छ। कलाले गर्दा नै हुने न हो। सबै दलहरूमा गिभ एण्ड टेक हुन्छ।’


    बुधवार, चैत्र १ २०७९०३:३४:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij