Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

सामान्य प्रशासन मन्त्रालयको निर्देशन : ३ दिनभित्र कर्मचारीको विवरण बुझाउ

सामान्य प्रशासन मन्त्रालयको निर्देशन : ३ दिनभित्र कर्मचारीको विवरण बुझाउ

  • बुधवार, चैत्र १ २०७९

  • 283
    SHARES

  • सामान्य प्रशासन मन्त्रालयको निर्देशन : ३ दिनभित्र कर्मचारीको विवरण बुझाउ

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय मन्त्रालय, संवैधानिक आयोग र निकायसँग कर्मचारीको विवरण माग गरेको छ। मन्त्रालयले परिपत्र जारी गर्दै सबै मन्त्रालय, संवैधानिक आयोग र संवैधानिक निकायलाई ३ दिनभित्र कर्मचारीको विवरण बुझाउन निर्देशन दिएको हो।

    मन्त्रालयले पद, श्रेणी, सेवा,समूह, स्वीकृत दरबन्दी, पदपूर्ति, रिक्त, फाजिल, सरुवालगायतको विवरण माग गरेको हो।

    उपसचिव कमानसिंह थापामगरले जारी गरेको परिपत्रमा भनिएको छ, ‘त्यहाँ मन्त्रालय / संवैधानिक आयोगको स्वीकृत संगठन संरचना बमोजिम कर्मचारीहरुको पदपूर्ति सम्बन्धी विवरण देहायअनुसारको ढाँचामा कर्मचारी प्रशासन महाशाखा प्रमुखबाट विवरण प्रमाणित र पत्रमा हस्ताक्षर गरी सफ्ट कपिसहित यस मन्त्रालयको कर्मचारी प्रशासन शाखामा प्राप्त हुने गरी ३ दिनभित्र २०७९ / ११ / ३० को (सचिवस्तरीय) निर्णयानुसार अनुरोध छ।’


    बुधवार, चैत्र १ २०७९०३:१६:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij