Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

कांग्रेसले उपराष्ट्रपतिमा रामसहायलाई मत दिने

कांग्रेसले उपराष्ट्रपतिमा रामसहायलाई मत दिने

  • बुधवार, चैत्र १ २०७९

  • 271
    SHARES

  • कांग्रेसले उपराष्ट्रपतिमा रामसहायलाई मत दिने

    काठमाडौं। नेपाली कांग्रेसले उपराष्ट्रपतिमा जसपाका उम्मेदवार रामसहाय प्रसाद यादवलाई मत दिने भएको छ। आज बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितको बैठकले जसपाका उम्मेदवार यादवलाई मत दिने निर्णय गरेको कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो।

    यही चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनमा यादव सत्ता गठबन्धनको साझा उम्मेदवार हुनुहुन्छ। नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा पनि उपराष्ट्रपतिको उम्मेदवार रहनुभएको छ।

    कांग्रेसले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न संवैधानिक निकायलाई आग्रह पनि गरेको छ।

    साथै कांग्रेसले राष्ट्रपति पदमा निर्वाचित भएका रामचन्द्र पौडेललाई बधाई दिंदै राष्ट्रपति पदको गरिमा, मर्यादा, दायित्व र जिम्मेवारीलाई संविधानको मर्म र भावना अनुरुप पूरा गर्न सफलता मिलोस् भनेर शुभकामनासमेत दिएको छ ।

     


    बुधवार, चैत्र १ २०७९१२:५२:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij