Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

गोरखामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, ७ जना गम्भीर

गोरखामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, ७ जना गम्भीर

  • सोमवार, फाल्गुण २९ २०७९

  • 400
    SHARES

  • गोरखामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, ७ जना गम्भीर

    काठमाडौं। गोरखामा मिनी ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । भने ७ जना गम्भीर घाइते भएका छन् । गोरखाको गोरखा नगरपालिका वडा नम्बर ६ को बिसौनी मोडमा मिनी ट्रक दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

    गोरखा बसपार्कबाट आबुखैरेनीतर्फ गइरहेको प्रदेश प्रदेशको ०१००३–६१७० नम्बरको मिनी ट्रक विपरित दिशाबाट आएको बा ८६ पा १७८६ नम्बरको मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

    उहाँका अनुसार दुर्घटनामा परी ६ जना पुरुष र २ जना महिला गम्भीर घाइते भएका थिए । त्यसमध्ये एक जना पुरुषको जिल्ला अस्पताल गोरखामा उपचारको क्रममा मृत्यु भएको सूचना अधिकारी लामिछानेले बताउनु भयो ।


    सोमवार, फाल्गुण २९ २०७९०२:३०:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij