Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

चिनियाँ संसदबाट सैन्य रूपमा शक्तिशाली बनाउने नीति पारित

चिनियाँ संसदबाट सैन्य रूपमा शक्तिशाली बनाउने नीति पारित

  • सोमवार, फाल्गुण २९ २०७९

  • 539
    SHARES

  • चिनियाँ संसदबाट सैन्य रूपमा शक्तिशाली बनाउने नीति पारित

    काठमाडौं । चीनको संसद नेशनल पिपल्स अफ कंग्रेसको १४ औँ अधिवेशनले मुलुकलाई आर्थिक र सैन्य रूपमा शक्तिशाली बनाउने नीति पारित गरेको छ ।

    राष्ट्रपति सी जिनपिङको तेस्रो कार्यकालको अनुमोदन र नयाँ प्रधानमन्त्री घोषणा गरेको चिनियाँ संसदले मुलुकलाई आर्थिक र सैन्य रूपमा अझै शक्तिशाली बनाउने नीति पारित गरेको हो ।

    संसदीय अधिवेशनको समापनपूर्व बोल्दै राष्ट्रपति सी जिनपिङले सुरक्षा विकासको पहिलो आधार रहेको बताए । यस्तै समृद्धिका लागि स्थिरता अनिवार्य शर्त रहेको भन्दै उनले राष्ट्रको स्वाधिनता र सार्वभौमसत्ताको रक्षाका लागि रक्षा प्रणालीमा नयाँ आविष्कार र थप आधुनिकता आवश्यक रहेको धारणा राखे ।

    ‘राष्ट्रको स्वाधीनताको रक्षाका लागि र प्रतिरक्षा प्रणाली बलियो बनाउन हामीले हाम्रो सैन्य शक्तिलाई थप बलियो बनाउनैपर्छ । हाम्रो सैन्य संयन्त्र बलियो भएमात्रै समग्र विकासमा आरामदायी तरिकाले लाग्न सकिन्छ’, सीले भनेका छन्, ‘जनताको विश्वास आर्जन गर्नु सबैभन्दा जटिल काम हो र मेरो काँधमा यो जिम्मेवारी छ ।’

    सी जिनपिङ चीनलाई सबैभन्दा धेरै कार्यकाल नेतृत्व गर्ने माओपछिका दोस्रो नेता हुन् । संसदको अधिवेशनबाट उनले आफ्ना विश्वासपात्रलाई विभिन्न पद दिएका छन् । सीले ली छ्याङलाई प्रधानमन्त्री घोषणा गरे । आफ्नो तेस्रो कार्यकालमा सहयोग गर्ने उच्चपदस्थ व्यक्ति छनौट गरे । समग्र चीन राज्यपरिषद्बाट सीको नीति अनुसार शासित हुन्छ, त्यहाँ १० जना हुन्छन् । जसले प्रान्तका प्रशासनदेखि संघीय २६ मन्त्रालयलाई निर्देशन गर्छन् । राज्य परिषद्मा छनौट भएका सबै व्यक्ति सीका विश्वासपात्र हुन् ।

    तेस्रो कार्यकालमा आइपुग्दा उनले पूर्व राष्ट्रपति हु जिन ताओ र युथ लिग निकट सबैलाई पन्छाएका छन् । ‘सरकार पनि अधिकतम रूपमा पार्टीकै नियन्त्रणमा भएपछि अब चीन सीको निजी विचार, नीति वा सिद्धान्तमा चल्ने निश्चित छ’, विश्लेषक कोर्नर स्वान्क भन्छन् । उनी सेन्टर फर एडभान्सड रिसर्च चाइनासँग आवद्ध छन् ।

    नियुक्ति हेर्दा सीको स्वीकृति बेगर सुधारका काम अघि बढाउनु निकै कठिन रहेको अर्का विश्लेषक कार्स्टन ह्लज बताउँछन् । ‘पार्टीको नियन्त्रणमा रहेको वित्तीय प्रणाली र समग्र विषयमा सीको स्वीकृति वेगर केही सुधार हुनेछैन’, होल्जले भनेका छन् ।


    सोमवार, फाल्गुण २९ २०७९०२:१९:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij