Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

  • सोमवार, फाल्गुण २९ २०७९

  • 348
    SHARES

  • नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति पौडेलले शपथ ग्रहण गर्नुभएको हो। आज राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा पौडेलले कार्कीबाट पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

    शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगाएतको उपस्‍थिति रहेको थियो। राष्ट्रपति पौडेल फागुन २५ गते बिहीबार राष्ट्रपति पदमा निर्वाचत हुनुभएको थियो ।

    नेकपा एमालेका उम्‍मेदवार सुवास नेम्बाङलाई पराजित गर्दै ३३ हजार ८ सय २ मतभार प्राप्‍त गरेर पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । प्रतिस्प्रधी एमालेका नेम्बाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गर्नुभएको थियो ।उहाँको कार्याकाल पाँच वर्षको हुनेछ।


    सोमवार, फाल्गुण २९ २०७९०१:५०:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij