Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश कार्कीले शपथ गराउने

राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश कार्कीले शपथ गराउने

  • सोमवार, फाल्गुण २९ २०७९

  • 242
    SHARES

  • राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश कार्कीले शपथ गराउने

    काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको आज शपथ ग्रहण हुनुहुन्छ । राष्ट्रपतिको कार्यालय, शितल निवासले पौडेलको शपथका लागि आज दिउँसो १ बजे विशेष समारोहको आयोजनाको तयारी गरेको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ कार्यक्रमको शपथको सम्पुर्ण तयारी सकिएको छ ।

    नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ। जसअनुसार नवनिर्वाचित राष्ट्रपति पौडललाई कायमुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनुहुने छ ।

    नेपाली कांग्रेसका वरिष्ठ नेता एवं सांसद पौडेल गत फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो ।


    सोमवार, फाल्गुण २९ २०७९०७:१५:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij