Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

विप्लवको धम्की : भर्भराउँदै उठ्यौँ भने, सबै षड्यन्त्र खरानी हुन्छ...

विप्लवको धम्की : भर्भराउँदै उठ्यौँ भने, सबै षड्यन्त्र खरानी हुन्छ...

  • आइतवार, फाल्गुण २८ २०७९

  • 303
    SHARES

  • विप्लवको धम्की : भर्भराउँदै उठ्यौँ भने, सबै षड्यन्त्र खरानी हुन्छ...

    काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अहिलेको व्यवस्था उल्टाएर नेपाललाई ०४७ सालमा फर्काउन खोजेको भन्दै आफूहरू मौन नरहने चेतावनी दिनुभएको छ ।

    माओवादी धारका पार्टीहरूको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उहाँले अहिले कुनै पार्टीको मात्रै नभएर आज सिंगै नेपाली जनताको अधिकार संरक्षण गर्नुपर्ने बताउनुभयो ।

    विप्लवले भन्नुभयो, ‘हामी सडकमा सुन्छौं यो परिवर्तनलाई पनि फर्काएर ०४७ सालमा लान खोजिँदैछ । त्यो कदापि स्वीकार हुन सक्दैन । त्यो समाधान पनि होइन । यो समाधान भनेको संसदीय व्यवस्था, दलाल व्यवस्था पूँजीवादी व्यवस्थाले पनि थेग्न नसकेको नेपाली जनताको अपेक्षा चाहनालाई थेग्न नसकेको परिस्थिति हो । यसलाई अग्रमागामी परिवर्तन गरेर वैज्ञानिक समाजवादतिर लानुपर्छ भन्ने हाम्रो दृष्टिकोण छ ।’

    उहाँले थप्नुभयो, ‘हामी एकताबद्ध भएर जानुपर्छ । नेपाललाई अझै रुपान्तरण गरेर पुर्नसंरचनातर्फ लैजाने सोच्नुपर्छ । त्यो भएमात्रै हामी सफल हुनसक्छौं । हामी निराश हुनुपर्ने जरुरी छैन । आगोको भुँग्रोमा अहिले दलालहरूले मट्टीतेल छर्किएको जस्तो छ । माओवादी भर्भराउँदै उठ्यो भने यो देशमा कम्युनिष्ट क्रान्तिकारीहरू एकताबद्ध भएर भर्भराउँदै उठ्यौँ भने त्यो आगोको ज्वालामा सबै षड्यन्त्र खरानी हुन्छ ।’

     


    आइतवार, फाल्गुण २८ २०७९०४:०१:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij