Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवको उम्मेदवारी कायमै

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवको उम्मेदवारी कायमै

  • आइतवार, फाल्गुण २८ २०७९

  • 256
    SHARES

  • उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवको उम्मेदवारी कायमै

    काठमाडौं । निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी कायमै राखेको छ ।

    यादवविरुद्ध परेको उजुरी खारेज गर्दै यादवको कायम गर्ने निणर्य भएको हो ।फरक लिंगको हुनुपर्ने अनिवार्य व्यवस्था नभएको ठहर गर्दै निर्वाचन अधिकृतले उम्मेदवारी कायम गर्ने निणर्य गर्नुभएको हो ।

    सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले यादवको उम्मेदवारी बदर नहुने निणर्य गरेको जानकारी दिनुभएको छ ।  ‘रामसहाय यादवको उम्मेदवारी बदर भएन, चारैजनाको उम्मेदवारी कायमै रह्यो,’ शर्माको भनाई छ ।

    यादवको उम्मेदवारी खारेजको माग गर्दै नेकपा एमालेका उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिनुभएको थियो ।


    आइतवार, फाल्गुण २८ २०७९१२:२७:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij