Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकिँदै

राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकिँदै

  • आइतवार, फाल्गुण २८ २०७९

  • 366
    SHARES

  • राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकिँदै

    काठमाडौं । गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबारबाट सकिंदै छ । नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेलले सोमबार शपथ लिएसँगै भण्डारीले शितलनिवास छाड्नुहुनेछ ।

    उहाँ सोमबार शितलनिवासबाट बुढानीलकण्ठ–२ चपलीस्थित निजी निवासमा सर्ने भण्डारीको सचिवालयले जनाएको छ ।

    भण्डारी २०७२ साल कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित हुनुभएको थियो । त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते उहाँ निर्वाचित हुनुभएको थियो ।

    मुलुकको तेस्रो राष्ट्रपतिको रुपमा गत फागुन २५ गते रामचन्द्र पौडेल निर्वाचित भईसक्नुभएको छ । पौडेलले सोमबार कायम मुकायम प्रधानन्यायाधिश हरिकृष्ण कार्कीबाट सपथ लिनुहुनेछ ।


    आइतवार, फाल्गुण २८ २०७९०८:५४:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij