Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

पहिलो राष्ट्रपति रामवरण यादवलाई हाम्रै प्रस्ताव थियो : केपी ओली

पहिलो राष्ट्रपति रामवरण यादवलाई हाम्रै प्रस्ताव थियो : केपी ओली

  • शनिवार, फाल्गुण २७ २०७९

  • 342
    SHARES

  • पहिलो राष्ट्रपति रामवरण यादवलाई हाम्रै प्रस्ताव थियो : केपी ओली

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको पहिलो राष्ट्रपति डा.रामवरण यादव आफूहरुको समर्थन र प्रस्तावमा निर्वाचित भएको बताउनुभएको छ ।

    एमालेका तर्फबाट उपराष्ट्रपति पदमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले नेपालको पहिलो राष्ट्रपति डा.यादवलाई आफूहरुको प्रस्तावमा नै निर्वाचित गराएको बताउनुभयो।

    उहाँले आफ्नो पार्टीले त्यसपछि क्रमशः आफ्नै उम्मेदवार उठाएको बताउनुभयो। एमालेले आज बिहान एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो।

    शाक्यको प्रस्तावकमा अध्यक्ष ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेताहरु छविलाल विश्वकर्मा, गोकर्ण विष्ट र रघुवीर महासेठ र समर्थकममा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने र यशोदा रिजाल रहेका छन्।


    शनिवार, फाल्गुण २७ २०७९०१:४४:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij