Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

सत्ता गठबन्धनबाट जसपाका यादवद्वारा उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता

सत्ता गठबन्धनबाट जसपाका यादवद्वारा उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता

  • शनिवार, फाल्गुण २७ २०७९

  • 331
    SHARES

  • सत्ता गठबन्धनबाट जसपाका यादवद्वारा उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता

    काठमाडौं। उपराष्ट्रपति पदमा सत्तारुढ १० दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी जसपाका रामसहाय यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

    माओवादी र नेकपा एसका नेताहरुसहित नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हल पुगेर यादवले उम्मेदवारी दर्ता गराउनुभएको हो। उहाँको साथमा माओवादी नेता शक्ति बस्नेत, प्रकाश ज्वाला, प्रभु साहलगायतका नेताहरु संसद भवन पुगेका थिए।

    यादवले उमेदवारी दर्ता गराउँदा प्रस्तावकमा अशोक कुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी रहनुभएको छ भने समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी हुनुहुन्छ।

    सत्ता गठबन्धनबाटै जनमत पार्टीकी ममता झा पनि उम्मेदवारी दर्ता गराउन संसद भवन पुग्नुभएका छ ।


    शनिवार, फाल्गुण २७ २०७९०१:३३:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij