Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

नागरिक उन्मुक्तिले उपराष्ट्रपतिमा रञ्जिता श्रेष्ठलाई उम्मेदवार बनाउने

नागरिक उन्मुक्तिले उपराष्ट्रपतिमा रञ्जिता श्रेष्ठलाई उम्मेदवार बनाउने

  • शुक्रवार, फाल्गुण २६ २०७९

  • 292
    SHARES

  • नागरिक उन्मुक्तिले उपराष्ट्रपतिमा रञ्जिता श्रेष्ठलाई उम्मेदवार बनाउने

    काठमाडौं।नागरिक उन्मुक्ति पार्टीले सो दलकी अध्यक्ष र संसदीय दलको नेता समेत रहेकी रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    आज बिहान सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको नाउपाका प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिनुभएको छ।

    सत्ता गठबन्धनको तर्फबाट भने जसपाका नेता रामशहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने हल्ला छ। तर निर्वाचन आयोगले राष्ट्रपतिमा पुरुष(रामचन्द्र पौडेल)निर्वाचित भइसकेकोले उपराष्ट्रपति महिला बनाउन निर्देशन दिएको छ। उपराष्ट्रपतिको निर्वाचन आउँदो चैत ३ गते हुँदैछ ।


    शुक्रवार, फाल्गुण २६ २०७९०१:४२:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij