Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

उपराष्ट्रपतिमा महिला अनिवार्य, पुरुष उम्मेदवार हुन नपाउने

उपराष्ट्रपतिमा महिला अनिवार्य, पुरुष उम्मेदवार हुन नपाउने

  • शुक्रवार, फाल्गुण २६ २०७९

  • 226
    SHARES

  • उपराष्ट्रपतिमा महिला अनिवार्य, पुरुष उम्मेदवार हुन नपाउने

    काठमाडौं। निर्वाचन आयोगले उपराष्ट्रपति पदमा पुरुषको उम्मेदवारी दर्ता नगर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ। आयोगको आज बसेको बैठकले पुरुष व्यक्ति(रामचन्द्र पौडेल)राष्ट्रपति निर्वाचित भइसकेकाले त्यो भन्दा फरक महिला वा अन्य लिङ्गबाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    साथै राष्ट्रपति पौडेल खस आर्य समुदायको भएकाले उपराष्ट्रपतिमा महिला वा अन्य लिंगबाट हुने उम्मेदवार पनि फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम) को मनोनयन हुनुपर्ने आयोगको ठहर छ। चैत ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    संविधानको धारा ६३ को उपधारा १ मा राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने व्यवस्था छ । संविधानमा उपराष्ट्रपतिको कार्यकाल पनि राष्ट्रपतिको सरह हुने व्यवस्था छ । उपराष्ट्रपति पदको उम्मेदवारी दर्ता शनिबार हुँदैछ। निर्वाचन चैत ३ गते हुनेछ ।


    शुक्रवार, फाल्गुण २६ २०७९०१:३२:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij