काठमाडौं। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनता समाजवादी पार्टी जसपालाई उपराष्ट्रपति दिने निर्णय नभएको बताउनुभएको छ। ललितपुरस्थीत पूर्वप्रधानमन्त्री स्व.कृष्णप्रसाद भट्टराईको शालिकको दर्शन गर्दै उहाँले यस्तो बताउनु भएको हो।
उपसभापति खड्काले उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी र सहमति भएपनि गठबन्धन बीचमा जनता समाजवादी पार्टीलाई नै उपराष्ट्रपति दिने भन्ने बारेमा निर्णय नभइसकेको बताउनुभयो। उहाँले अब छिटै नै गठबन्धनको बैठक बसेर औपचारिक निर्णय गर्ने बताउनुभयो।
उहाँले दलहरुको बीचमा सहमति गरेर उपराष्ट्रपतिको निर्वाचनमा पनि सकारात्मक परिणाम ल्याउने जिकिर गर्नुभयो।यस्तै उहाँले पदको लोभका कारण पुस १० गते कांग्रेस सहितको गठबन्धन भत्किएको बताउनुभयो। यस्तै उहाँले कांग्रेस र माओवादीलाई दुईतिर राखेर एमालेसँग कांग्रेसले सहमति गर्ने कुरा सपनामा पनि नसोच्न आग्रह गर्नुभयो।
उहाँले पुस १० गते गठबन्धन भत्किएको गल्ती अब पुनः नदोहार्याउने बताउनुभयो। उहाँले अहिलेको गठबन्धन अब एजेण्डामा टसमस नभइ ५ वर्ष नै अघि बढ्ने दाबी गर्नुभयो ।उहाँले उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकारको बिस्तार हुने बताउनुभयो।