Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

कोशी प्रदेशको नाम खारेज र पुनः नामाङ्कन गर्न आन्दोलन घोषणा

कोशी प्रदेशको नाम खारेज र पुनः नामाङ्कन गर्न आन्दोलन घोषणा

  • बिहिवार, फाल्गुण २५ २०७९

  • 716
    SHARES

  • कोशी प्रदेशको नाम खारेज र पुनः नामाङ्कन गर्न आन्दोलन घोषणा

    काठमाडौं। कोशी प्रदेशको पुनः नामाङ्कन माग गर्दै आन्दोलनको घोषणा गरिएको छ। भर्खरै नामाकरण गरिएको कोशी नाम खारेज गर्ने आन्दोलनको नेतृत्व गर्न आज ‘प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति’ घोषणा गरिएको छ।

    जनता समाजवादी पार्टी, नेपालको लिम्बुवान, किराँत, शेर्पालुङ, मधेश, शिल्पी दलित राष्ट्रिय समिति आवद्ध संयुक्त संघर्ष समितिले फागुन २८ गते आमहड्तालसहित चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

    चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तर्गत फागुन २५ र २६ गते प्रदेशव्यापाी कालो झण्डा गाड्ने, कोणसभाहरू गर्ने, स्थानीय तह लगायतका कार्यालयहरूमा तालाबन्दी गर्ने, कोशी नामका बोर्डहरू हटाउने, कोशी नामका लेटरप्याडहरू जलाउने, कोशी नामका मत हाल्ने सांसदलाई प्रतिकार गर्ने, वडा तहसम्म संघर्ष समिति बिस्तार गर्ने विज्ञप्तिमा जनाइएको छ ।

    त्यसैगरी संघर्ष समितिले फागुन २७ गते प्रदेशव्यापी राँके जुलुस गर्ने र चैत ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।


    बिहिवार, फाल्गुण २५ २०७९०३:३०:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij