काठमाडौं। राष्ट्रपति निर्वाचनको मतगणनाका विषयमा निर्वाचन अधिकृतको कार्यालयले ७ निर्णय गरेको छ। मतगणनाका विषयमा राष्ट्रपति पदका उम्मेदवारका प्रतिनिधिहरूसँगको छलफलमा सहभागी राष्ट्रपति पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङका प्रतिनिधि महेश बर्तौलाले विभिन्न सात निर्णय भएको जानकारी दिनुभयो।
बैठकमा राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृत महेश शर्मा पौडेल, राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेलका प्रतिनिधि रमेश लेखक र नेम्वाङका प्रतिनिधि बर्तौला लगायतको उपस्थिति थियो।
यी हुन् मतगणनासम्बन्धी भएका निर्णय:
दिउँसो ४ बजेदेखि मतगणना सुरु हुने
स्वस्तिक छाप नभएको मत बदर हुने
सम्बन्धित उम्मेदवारको नाम लेखिएको कोठामा मत संकेत प्रयोग गर्नुपर्ने, अन्यथा बदर
संघीय संसद् र प्रदेश सभाको अलगअलग मतगणना हुने
मतगणनामा राष्ट्रपति उम्मेदवारका निर्वाचन प्रतिनिधि र एकएक जना गणना प्रतिनिधि रहने
मतपेटिका खोल्दा पत्रकारको उपस्थिति खुल्ला गर्ने
मतगणनापश्चात विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र वितरण गरिने