Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिले केहि कुरा सच्याउँदै जानुपर्नेछ : गगन थापा

राष्ट्रपतिले केहि कुरा सच्याउँदै जानुपर्नेछ : गगन थापा

  • बिहिवार, फाल्गुण २५ २०७९

  • 351
    SHARES

  • राष्ट्रपतिले केहि कुरा सच्याउँदै जानुपर्नेछ : गगन थापा

    काठमाडौं। नेपाली कांग्रेसका सांसद् गगन थापाले राष्ट्रपतिले संविधानको रक्षा र पालनामा अग्रणी भूमिका निर्वाह गर्नुपर्ने बताउनु भएको छ । संसद् भवनमा राष्ट्रपतिमा मतदानपछि थापाले संस्थाप्रतिको जनविश्वास जोगाउनु अहिलेको आवश्यकता रहेको बताउनु भएको हो ।

    थापाले भन्नुभयो,'यो निर्वाचनपछि आउने राष्ट्रपतिले कतिपय कुरालाई सच्याउँदै जानुपर्छ। संस्थाप्रतिको जनविश्वास जोगाउनुपर्छ। राष्ट्रपतिले संविधानको रक्षा  पालना र आचरणमा  ध्यान पुर्‍याउनुपर्छ। हामीले बनाएको नियम कानुन हो। राष्ट्रपतिलाई दोष दिएर हुँदैन। राजसंस्था छ भन्ने आभाष हुने कार्य भयो । यो क्रमलाई भंग गर्न जरुरी छ ।’

    राष्ट्रपतिको व्यहारबाट राजसंस्थाको निरन्तरता छ भन्ने आभाष पनि भएको भन्दै यो क्रमलाई अब भंग गर्नुपर्ने बताउनुभयो। राष्ट्रपति सडकमा ननिस्किउन् भन्ने ठान्नुपर्ने अवस्था आएको थापाको भनाइ छ ।


    बिहिवार, फाल्गुण २५ २०७९०१:२६:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij