Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

ओलीको जिकिर , राष्ट्रपतिमा भण्डारीको भूमिका गौरवपूर्ण रह्यो

ओलीको जिकिर , राष्ट्रपतिमा भण्डारीको भूमिका गौरवपूर्ण रह्यो

  • बुधवार, फाल्गुण २४ २०७९

  • 441
    SHARES

  • ओलीको जिकिर , राष्ट्रपतिमा भण्डारीको भूमिका गौरवपूर्ण रह्यो

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रथम महिला राष्ट्रपतिका रुपमा विद्या भण्डारीको भूमिका गौरवपूर्ण रहेको बताउनु भएको छ ।

    अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अखिल नेपाल महिला संघले आज आयोजना गरेको कार्यक्रममा ओलीले भण्डारीले ७ वर्षसम्म राष्ट्रपतिको जिम्मेवारी कुशलतापूर्वक निभाएको बताउनु भयो ।

    पहिलो कार्यकालको सफल र मर्यादित भूमिकालाई हेरेर राष्ट्रपतिमा भण्डारीलाई दोहोर्‍याएको पनि ओलीले बताए। उहाँले अगाडि भन्नुभयो, ‘राजनीतिक स्वार्थ प्रेरितहरुले आफ्नो संकिर्ण स्वार्थमा ठेस लाग्दा वा पूरा नहुँदा राष्ट्रपतिको सम्मानित ओहदाको समेत मर्यादा नगरेर बकवास गरेका हुनसक्छन् । त्यसको खास अर्थ छैन ।’


    बुधवार, फाल्गुण २४ २०७९०१:४०:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij