काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारले कठोर निर्णय गर्नुपर्ने बताउनु भएको छ। नेपाली काँग्रेसले काठमाडौंमा आज आयाजना गरेको नेपालको पछिल्लो आर्थिक अवस्थाबारे निजी क्षेत्रसँगको छलफल कार्यक्रममा बोल्दै महामन्त्री थापाले सरकार र संसदले अर्थतन्त्र सुधार गर्ने विषयलाई पहिलो प्राथमिकतामा राख्दा केही कठोर निर्णय गर्नुपर्ने बताउनुभयो।
उहाँले नेपाली काँग्रेस सरकारमा गएसँगै अर्थतन्त्रको दीर्घकालीन सुधारका लागि तत्काल सुधारका योजना अविलम्व अघि सार्ने व्यवसायीहरु सामु प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले मुलुकमा वार्षिक १८ हजारभन्दा बढी रोजगारी सिर्जना गर्ने स्थिति नआउनु राम्रो संकेत नभएको बताउँदै आर्थिक विकासका लागि संरचनागत सुधार आवश्यक रहेको बताउनुभयो।
महामन्त्री थापाले अर्थतन्त्र सुधारका लागि संरचनागत सुधार गर्न ढिलो भइसकेको भन्दै अब पनि कुनै कदम नचाले अर्थतन्त्र थप सङ्कटमा जाने बताउनुभयो। उहाँले केही महत्वपूर्ण २२÷२४ वटा कानूनलाई संसद्को चालु अधिवेशनबाटै टुङ्गयाउन जरुरी रहेको भन्दै काँग्रेसले त्यसको लागि पहल गर्ने बताउनुभयो ।