Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

दुर्गा प्रसाईको ‘कालोमोसो दस्ता’ संयोजक शम्भु थापा चितवनबाट पक्राउ

दुर्गा प्रसाईको ‘कालोमोसो दस्ता’ संयोजक शम्भु थापा चितवनबाट पक्राउ

  • बुधवार, फाल्गुण २४ २०७९

  • 340
    SHARES

  • दुर्गा प्रसाईको ‘कालोमोसो दस्ता’ संयोजक शम्भु थापा चितवनबाट पक्राउ

    काठमाडौं। व्यवसायी दुर्गा प्रसाईको अभियान ‘कालोमोसो दस्ता’का केन्द्रीय संयोजक शम्भु थापा चितवनबाट पक्राउ परेका छन्।थापालाई हिजो भरतपुरस्थित जिल्ला प्रशासन कार्यालय परिसरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

    बैंक तथा वित्तिय संस्थाविरुद्ध अफवाह फैल्याएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सुवास भट्टले जानकारी दिनुभयो ।पछिल्लो समय बैंक तथा वित्तिय संस्थाको कर्जा नतिर्ने अभियान चलाइरहेका दुर्गा प्रसाईको समुहले फागुन १३ गते चितवनमा गरेको कार्यक्रमबाट थापालाई कालोमोसो दस्ताको संयोजक घोषणा गरेको थियो।

    संयोजक थापाले बैंक तथा वित्तिय संस्थाका प्रमुखहरुलाई मोसो दल्ने घोषणा गरेका थिए।कार्यक्रममा मोसो लेखिएका टिसर्टमा युवाहरु परिचालन पनि गरिएको थियो। दस्ताको धम्कीपछि बैंक तथा वित्तीय संस्थाले जिल्ला प्रशासन कार्यालय चितवनमा पुगेर ध्यानाकर्षण गराएका थिए।

    प्रहरीले बिहीबार म्याद थप गरेर थप अनुसन्धान अगाडि बढाउने तयारी गरेको छ।पक्राउ परेका थापालाई रिहा गर्न अभियानले आग्रह गर्दै नछाडिएमा आन्दोलन थाल्ने चेतावनी दिएको छ ।थापालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले बताउनु भयो ।


    बुधवार, फाल्गुण २४ २०७९१२:३४:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij