Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति निर्वाचनलगायत विषयमा छलफल गर्न राप्रपाको बैठक आज बस्दै

राष्ट्रपति निर्वाचनलगायत विषयमा छलफल गर्न राप्रपाको बैठक आज बस्दै

  • बुधवार, फाल्गुण २४ २०७९

  • 342
    SHARES

  • राष्ट्रपति निर्वाचनलगायत विषयमा छलफल गर्न राप्रपाको बैठक आज बस्दै

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । राष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्नेलगायतका विषयमा निर्णय गर्नका लागि बैठक बोलाइएको हो । बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा १ बजे बस्नेछ ।

    प्रवक्ता मोहन श्रेष्ठका अनुसार राष्ट्रपतिको निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा पनि छलफल भएर निष्कर्षमा पुग्नेछ कार्यतालिका तय भएको छ ।

    पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको राप्रपाले सोही गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललगायतसँग गठबन्धनमा आबद्ध नेताहरूसँग यसअघि नै छलफल गरिसकेको छ ।

    आफ्नो पार्टीसँग मत माग्न आएका पौडेललगायतका गठबन्धन आबद्ध राजनीतिक दलसँग सोमबार साँझ छलफल गरेको राप्रपाले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका बारेमा कसलाई मत दिने भन्नेबारे आज निर्णय लिने बताइएको छ ।


    बुधवार, फाल्गुण २४ २०७९०७:५३:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij