काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले विस्तृत शान्ति सम्झौता, संविधानको मर्म र भावनाअनुसार संक्रमणकालीन न्यायको विषयबाटै टुंगिनुपर्नेमा जोड दिनुभएको छ ।
द्वन्द्वकालीन घटनाको विषयलाई लिएर प्रधानमन्त्री प्रचण्डविरुद्ध रिट दर्ता भएपछि सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले अहिले अदालतमा गइसकेको विषय भएकाले विस्तृत शान्ति सम्झौता र संविधानको मर्म बजोजिम हेर्ने विश्वास जनाउनुभयो ।
उहाँले व्यवहारिक र विषयवस्तुको हिसाबले पनि संक्रमणकालीन न्यायको विषय संविधान र विस्तृत शान्ति सम्झौताअनुसार समाधान हुनुपर्ने तर्क राख्नुभयो ।
‘विस्तृत शान्ति सम्झौतको हस्ताक्षरकर्तामध्येको एकजनालाई द्वन्द्वकालकै इस्युमा फौजदारी अभियोगको बाटोमा हिँड्दाखेरी शान्तिप्रक्रिया कायम रहँदैन’ नेता बस्नेतको भनाइ छ ।
उहाँले शान्ति प्रक्रियालाई टुंग्याउन केही ढिलाइ भएपनि अब छिट्टै टुंग्याउन लागिरहेको बताउनुभयो ।