Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीसमक्ष वाइसीएलको माग : गणतन्त्र विरोधी शक्ति नियन्त्रण गरौं

प्रधानमन्त्रीसमक्ष वाइसीएलको माग : गणतन्त्र विरोधी शक्ति नियन्त्रण गरौं

  • मंगलवार, फाल्गुण २३ २०७९

  • 330
    SHARES

  • प्रधानमन्त्रीसमक्ष वाइसीएलको माग : गणतन्त्र विरोधी शक्ति नियन्त्रण गरौं

    काठमाडौं। वाइसीएलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाली जनताको अथक संघर्ष र बलिदानबाट प्राप्त संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध केही अमुक प्रतिगामी शक्तिहरूले केही दिनयता अस्वाभाविक तरिकाले गरिरहेको गतिविधि नियन्त्रण गर्न ध्यानाकर्षण गराएको छ।

    प्रधानमन्त्री ‘प्रचण्ड’लाई आज ज्ञापनपत्र बुझाउँदै वाइसीएलले षड्यन्त्रकारी, व्यवस्था विरोधी, अराजक, अस्वाभाविक गतिविधिहरूको नियन्त्रण गर्न र संविधानको रक्षा, विकास र व्यवस्थाको सुदृढीकरणको लागि नेपाल सरकार समक्ष माग गरेको हो ।

    सो संगठनले शान्ति प्रक्रियाका बाँकी कामहरुको निरूपण गर्न, द्वन्दकालिन घटनाबाट पीडित नागरिक एवं उनका परिवारलाई न्याय दिन आवश्यक विधेयक निर्माण गरी सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन सम्बन्धी आयोग गठन गरी सङ्क्रमणकालीन न्यायको बारेमा मुलुकमा उठेका महत्त्वपूर्ण विषयहरूको निरूपण गर्न शान्ति प्रक्रियाका बाँकी कामलाई विस्तृत शान्ति सम्झौता र संविधानको भावना र मर्म अनुसार तार्किक निष्कर्षमा पुर्याउन समेत सरकार सरकार समक्ष जोडदार माग गरेको छ ।

    ‘जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन लगायत व्यवस्था परिवर्तनका क्रममा सहादत प्राप्त गर्ने महान् योद्धाहरुलाई राष्ट्रिय सहिद घोषणा गर्न र तिनका परिवारलाई सम्मानित वातावरणमा बाँच्न सक्ने गरी उचित राहत, क्षतिपूर्ति र व्यवस्थापनको लागि जोडदार माग गर्दछौं’, ५ बुँदे ज्ञापनपत्रमा भनिएको छ ।


    मंगलवार, फाल्गुण २३ २०७९०४:३९:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij