Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति निर्वाचन : राप्रपा र रास्वपासहित ५ दललाई कित्ता क्लियरमा रोक, यी कारण हुन् बाधक

राष्ट्रपति निर्वाचन : राप्रपा र रास्वपासहित ५ दललाई कित्ता क्लियरमा रोक, यी कारण हुन् बाधक

  • मंगलवार, फाल्गुण २३ २०७९

  • 441
    SHARES

  • राष्ट्रपति निर्वाचन : राप्रपा र रास्वपासहित ५ दललाई कित्ता क्लियरमा रोक, यी कारण हुन् बाधक

    काठमाडौं। राष्ट्रपति निर्वाचनका लागि गएरातिदेखि आचारसंहिता लागू भएसँगै राप्रपा र रास्वपा सहितका विभिन्न ५ दलहरुले उमेद्वारबारे कित्ता क्लिएर गर्न नपाउने भएका छन्। हिजोसम्म कित्ता क्लिएर नगरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्ववतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी नेमकिपा, हाम्रो नेपाली पार्टी र संघीय समाजवादी पार्टीले अब उम्मेद्वारबारे कित्ता क्लियर गर्न नपाउने भएका हुन्।

    उनीहरुले अब राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ कसलाई भोट हाल्ने भनेर औपचारिक निर्णय सार्वजनिक गर्न नपाउने निर्वाचन आयोगका सुचना अधिकारी सुर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।आचारसंहिता अनुसार उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमबाट मत माग्न पाइँदैन ।

    आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीतरहारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्ता आचरण पालना गर्नरगराउन सम्बन्धित सबैलाई आयोगले आग्रह गरेको छ ।राप्रपाले राष्ट्रपति निर्वाचनबारे निर्णय लिन बुधबार दिउँसो १ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ भने रास्वपाले बिहीबार बिहान बैठक बोलाएको छ।

    राष्ट्रपतिका उम्मेदवार कांग्रेस वरिष्ठ नेता पौडेलको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र आम जनता पार्टी गरी १० दल उभिएको अवस्था छ ।

    यता नेम्वाङको पक्षमा एमाले बाहेकका अरु दलले खुलेर समर्थन गरेका छैन् । राष्ट्रपति निर्वाचनका लागि फागुन १७ गतेबाट आचार संहिता लागू भएको थियो । मौन अवधि हिजो रातिबाट सुरु भएको हो ।

     


    मंगलवार, फाल्गुण २३ २०७९०१:५९:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij