Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत

  • आइतवार, फाल्गुण २१ २०७९

  • 508
    SHARES

  • सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले दुई तिहाइ बहुमतका साथ विश्वासको मत प्राप्त गर्नुभएको छ ।

    प्रदेश सभाको आज आह्वान गरेको बैठकमा मुख्यमन्त्री शाहले दुई तिहाइ प्रदेश सभा सदस्यहरुको विश्वासको मत प्राप्त गर्नुभएको हो ।

    प्रदेश सभामा मुख्यमन्त्री शाहले आफ्नो दल कांग्रेसका १९ (आफूसहित), नेकपा माओवादी केन्द्रका १० (सभामुख बाहेक), नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ र १ जना स्वतन्त्र प्रदेश सभा सदस्य गरी ४१ जनाले विश्वासको मत दिएका हुन् ।

    ५३ सदस्यीय रहेको प्रदेश सभामा नेकपा एमालेले ९ जना (उपसभामुख बाहेक) र राप्रपाले १ जना प्रदेश सभा सदस्यका साथ प्रतिपक्षमा बस्दै मुख्यमन्त्री शाहलाई विश्वास मत नदिएको हो ।

    संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री बनेका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावलले प्रदेश सभामा विश्वासको मत गर्न नसक्दा उनी नेतृत्वको सरकार ढलेको थियो । त्यसपछि धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री शाह नियुक्त हुनुभएको हो।

     


    आइतवार, फाल्गुण २१ २०७९०४:०६:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij