Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले विश्वासको मत पाउने

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले विश्वासको मत पाउने

  • आइतवार, फाल्गुण २१ २०७९

  • 561
    SHARES

  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले विश्वासको मत पाउने

    काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएका छन् ।

    दुवै दलको छुट्टाछुट्टै संसदीय दलको बैठकबाट मुख्यमन्त्री कमल बहादुर शाहलाई विश्वासको मत दिने निर्णय भएको हो। आजै बस्ने प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री शाहले विश्वासको मत लिँदैछन् ।

    यसअघि सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई यथास्थितिमा विश्वासको मत दिन नसकिने माओवादीको प्रदेश कमिटीले बताएको थियो । तर, केन्द्रबाट अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्रीलाई विश्वासको मत दिन निर्देशन दिएसँगै संसदीय दलको बैठक राखेर विश्वासको मत दिने निर्णय गरेको हो ।

    यस्तै एकीकृत समाजवादीले पनि केन्द्रको आठदलीय गठबन्धनअनुसार नै मत दिने निर्णय गरेको दलका नेता दीर्घ बहादुर सोडारीले जानकारी दिनुभयो। यी दुई दलले मत दिने भएसँगै शाहले विश्वासको मत पाउने निश्चित जस्तै छ ।


    आइतवार, फाल्गुण २१ २०७९०१:५२:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij