Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिममा म पनि मुख्यमन्त्री बन्न पाउनुपर्छ,नत्र विश्वासको मत दिन सक्दैनौंः खगराज भट्ट

सुदूरपश्चिममा म पनि मुख्यमन्त्री बन्न पाउनुपर्छ,नत्र विश्वासको मत दिन सक्दैनौंः खगराज भट्ट

  • आइतवार, फाल्गुण २१ २०७९

  • 246
    SHARES

  • सुदूरपश्चिममा म पनि मुख्यमन्त्री बन्न पाउनुपर्छ,नत्र विश्वासको मत दिन सक्दैनौंः खगराज भट्ट

    काठमाडौं। नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता खगराज भट्टले यथास्थितिमा मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै भट्टले प्रदेश संसदीय दलको बैठकले यथास्थितिमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने सर्वसम्मत निर्णय गरेको र अब पार्टीको केन्द्रीय नेतृत्वलाई पनि त्यसमा कन्भिन्स गरेर अगाडी बढ्ने बताउनुभयो ।

    नेता भट्टले निर्वाचन अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको प्रतिबद्धता अनुसार आफूले मुख्यमन्त्री पाउनुपर्ने दाबी गर्नुभयो।आफू मुख्यमन्त्री नभए नेतृत्वको विश्वसनीयतासमेत समाप्त हुने भट्टको चेतावनी छ ।

    सत्ता साझेदारीमा सहमति हुने आधार र सम्भावना जिवित रहेको भट्टको भनाई छ । पुरानो समझदारीमा नेपाली कांग्रेसको इमानदारी र विश्वसनीयता आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।


    आइतवार, फाल्गुण २१ २०७९१०:२०:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij