Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

नारायणगढ मुग्लिन सडकखण्ड आजदेखि नियमित सञ्चालन हुने

नारायणगढ मुग्लिन सडकखण्ड आजदेखि नियमित सञ्चालन हुने

  • आइतवार, फाल्गुण २१ २०७९

  • 298
    SHARES

  • नारायणगढ मुग्लिन सडकखण्ड आजदेखि नियमित सञ्चालन हुने

    काठमाडौं। पुल निर्माणका लागि भित्तो काट्न दिउँसोका समयमा बन्द गरिंदै आएको नारायणगढ मुग्लिन सडकखण्ड आजदेखि बन्द नहुने भएको छ । भित्तो काट्न कठिन भएपछि गत पुस ५ गतेदेखि दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो ।

    नागढुङ्गा मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी कृष्ण आचार्यले आजदेखि सडक बन्द नगरिने जानकारी दिनुभयो । पहिलो ३० दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द गरिएको थियो भने त्यसपछि दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गरिएको थियो।

    सवारीसाधन रोकेर पाँच ठाउँको पहाड काट्न सुरु गरिएकामा तुइन खोलाको मुग्लिनतर्फको पहाडबाहेक अन्यत्रको काम अन्तिम चरणमा पुगेको छ। तुइन खोलाको भित्तोलाई विष्फोट गराउन लागिएकाले सवारी रोकेर भित्तो काट्ने काम आजदेखि बन्द गर्न लागिएको हो।

    सडक हाल नौदेखि ११ मिटर फराकिलो छ। यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आउजाउ गर्दछन् ।


    आइतवार, फाल्गुण २१ २०७९०९:४३:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij