Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको दबाबमा आठ दलीय गठबन्धन बन्यो : गुरु बराल

अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको दबाबमा आठ दलीय गठबन्धन बन्यो : गुरु बराल

  • आइतवार, फाल्गुण २१ २०७९

  • 275
    SHARES

  • अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको दबाबमा आठ दलीय गठबन्धन बन्यो : गुरु बराल

    काठमाडौं।नेकपा एमालेका नेता गुरु बरालले राष्ट्रपतिमा सुवासचन्द्र नेम्वाङभन्दा उत्तम विकल्प नभएको दाबी गर्नुभएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै बरालले संविधान निर्माता अनि निष्पक्ष भूमिकाका कारण राष्ट्रपतिमा सुवासचन्द्र नेम्वाङभन्दा उत्तम विकल्प अर्को नदेखिने दावी गर्नुभयो।

    उहाँले भन्नुभयो ‘हामीले पहिलो राष्ट्रपति मधेसी र दोस्रो राष्ट्रपति महिला बनायौं । तेस्रो राष्ट्रपति जनजातिलाई बनाउँदा राष्ट्रिय जनमतको पनि सम्मान हुन्छ,’।

    राष्ट्रपति दलभन्दा माथि उठेको प्रबन्ध भएकाले नेम्वाङ विजयी हुने आधार पनि उहाँको दाबी छ।यस्तै उहाँले अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको दबाबमा आठ दलीय गठबन्धन बनेको आरोप पनि लगाउनुभयो ।


    आइतवार, फाल्गुण २१ २०७९०९:३३:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij