Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

आठ दलीय गठबन्धनको बैठक बस्दै, यी हुन् छलफलका विषय

आठ दलीय गठबन्धनको बैठक बस्दै, यी हुन् छलफलका विषय

  • आइतवार, फाल्गुण २१ २०७९

  • 399
    SHARES

  • आठ दलीय गठबन्धनको बैठक बस्दै, यी हुन् छलफलका विषय

    काठमाडौं। सत्तारुढ आठ दलीय गठबन्धनको बैठक बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपरान्ह ४ बजे गठबन्धनको बैठक बस्न लागेको हो।

    पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनबारे छलफल गर्न बैठक आह्वान गरिएको बताइएको छ। राष्ट्रपति निर्वाचन र सरकारमा सहभागी हुने बारेमा आजको बैठकमा छलफल हुनेछ।

    राष्ट्रपति निर्वाचन आगामी २५ फागुनमा हुँदैछ। राष्ट्रपतिका लागि एमालेबाट सुवास नेम्वाङ र कांग्रेसबाट रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन्। पौडेललाई आठ दलीय गठबन्धनको साथ छ।


    आइतवार, फाल्गुण २१ २०७९०९:२७:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij