काठमाडौं । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री कमल शाहले आज विश्वासको मत लिँदैछन्। सोही प्रयोजनका लागि दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ। गत माघ २६ गते प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले उहाँ मुख्यमन्त्री नियुक्त हुनु भएको थियो ।
मुख्यमन्त्री नियुक्त भएको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज शाहले विश्वासको मत लिन थाल्नुभको हो । राष्ट्रपतिको निर्वाचनलाई लक्षित गरेर संघमा ८ दलबीच गठबन्धन बनेपछि मुख्यमन्त्री शाहले सोही गठबन्धनका दलहरुबाट विश्वासको मत पाउने अपेक्षा गरेपनि माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने वा नदिने अन्यौल छ।
उनीहरुले लिखित सहमतिको माग गरेका छन्। ५३ सदस्यीय सुदूरपश्चिममा कांग्रेसको १९, माओवादी केन्द्रको ११, एमालेको १०, नागरिक उन्मुक्ति पार्टीको ७, एकीकृत समाजवादीको ४, राप्रपाको १ र स्वतन्त्र सांसद १ सिट छ। यसअघि मुख्यमन्त्री नियुक्त एमालेका राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन नसकपछि शाह म’ख्यमन्त्रीमा नियुक्त हुनु भएको हो ।