Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

युवराज सफलले घोषणा गरे समाजवादी मोर्चा : उदेश्य छन् यस्ता

युवराज सफलले घोषणा गरे समाजवादी मोर्चा : उदेश्य छन् यस्ता

  • शनिवार, फाल्गुण २० २०७९

  • 376
    SHARES

  • युवराज सफलले घोषणा गरे समाजवादी मोर्चा : उदेश्य छन् यस्ता

    काठमाडौं। युवराज पौडेल ‘सफल’ को नेतृत्वमा नेपाल समाजवादी मोर्चा घोषणा भएको छ ।आज काठमाडौंमा पत्रकार सम्मेलन गरी पौडेलको नेतृत्वमा समाजवादी मोर्चा घोषणा गरिएको हो।

    मोर्चाले संयोजकमा युवराज आफैं रहेने गरि नौं सदस्यीय केन्द्रीय सचिवालय समेत गठन गरेको छ। सचिवालयमा सुशीलनाथ योगी, कृष्ण खड्का, शोभा पाठक, रामराजा श्रेष्ठ, बासु पौडेल, अर्जुन अधिकारी, एलिजा तामाङ, गणेश ढकाल सदस्य रहेका छन् ।

    मोर्चाले तत्काल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर ज्ञापनपत्र बुझाउने संयोजक सफलको भनाई छ । साथै, समाजमा विश्वास राख्ने समाजवादी शक्तिलाई समेत मोर्चामा समावेश गरिने सफलको भनाई छ ।

    ‘समाजवादमा विश्वास राख्ने आम समाजवादी शक्तिहरुलाई समेत नेपाल समाजवादी मोर्चामा ल्याउन विभिन्न अन्तरक्रिया, गोष्ठी र बैठक लगायतका कार्यक्रमको आयोजना गरिने छ । मोर्चामा सबैलाई समावेश गरिने छ,’–मोर्चाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


    शनिवार, फाल्गुण २० २०७९०१:१२:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij