Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

स्वार्थमा अल्झिएकाहरुले सत्ता कब्जा गरे : केपि ओली

स्वार्थमा अल्झिएकाहरुले सत्ता कब्जा गरे : केपि ओली

  • शनिवार, फाल्गुण २० २०७९

  • 352
    SHARES

  • स्वार्थमा अल्झिएकाहरुले सत्ता कब्जा गरे : केपि ओली

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले क्षुद्र स्वार्थमा अल्झिएका तथा सामाजिक रूपान्तरण र परिवर्तनका विरोधी शक्तिहरूले सत्ता कब्जा गर्न सफल भएको आरोप लगाउनु भएको छ ।

    आज भक्तपुरमा भएको पार्टी निकट बुद्धिजीवी परिषद्को तेस्रो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशका लागि एमालेले राम्रो गर्न खोज्दा सबैतिरबाट प्रहार भएको भन्दै क्षुद्र स्वार्थमा अल्झिएकाहरूले नै सत्ता कब्जा गरेको बताउनुभएको हो ।
    अध्यक्ष ओलीले देशको अहितमा जनविरोधी र राष्ट्रघाती तत्त्वहरूको चर्को आवाज आउन थालेकाले त्यसबाट जनतालाई मुक्त गर्न सक्नुपर्ने बताउनुभयो ।

    अध्यक्ष ओलीले उनीहरू नै जनता अलमल्याउन र चटके कुरा गर्न सफल भएको भन्दै बौद्धिक जगत्ले दिग्भ्रमित पार्ने शक्तिहरूबाट जनतालाई मुक्त गर्न बिगुल फुक्ने काम गर्नुपर्ने बताउनुभयो। इतिहास निर्माणका प्रेरक शक्ति हिजो, आज र भोलि पनि जनता नै भएको भन्दै जनतालाई सही मार्गदर्शन गर्न सक्नु अहिलेको चुनौती रहेको ओलीको भनाइ छ ।

    अध्यक्ष ओलीले विरोधी जमातले सङ्गठित र सक्रिय ढङ्गले सामाजिक सञ्जालबाट एकै पटक आक्रमण गर्न सक्ने भए पनि त्यसबाट नआत्तिन आग्रह पनि गर्नुभयो।


    शनिवार, फाल्गुण २० २०७९१२:५२:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij