काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा अहिले उल्टो गठबन्धन भइरहेको बताउनु भएको छ । लिङ्देनले सामाजिक सञ्जालमा आफ्नो विचार राख्दै देश र जनताको हित रक्षामा गठबन्धन हुनुपर्नेमा दलहरूले संविधानको रक्षाका लागि गठबन्धन गरिरहेको उहाँको भनाइ छ ।
संविधान गीता, बाइबल र कुरानजस्तो अपरिवर्तनीय नरहेको बताउँदै उहाँले यसलाई आवश्यकता अनुसार फेरिन र फ्याँकिन सक्ने बताउनुभयो ।
लिङ्देनले लेख्नुएको छ,संविधान गीता,बाइबल,कुरान जस्तो अपरिवर्तनीय हुँदैन आवश्यकता अनुसार फेरिन्छ र फ्याँकिन्छ पनि, दलहरूले संविधानको रक्षा भन्दा देश र जनताको हित रक्षामा गठबन्धन गर्नुपर्ने हो तर उल्टो भइरहेको छ। सन्दर्भ संविधानको रक्षाका लागि गठबन्धन ।’