Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

म हेपिएँ, राज्यबाट पाउने सेवा सुविधा पाइन: उपसभामुख राना

म हेपिएँ, राज्यबाट पाउने सेवा सुविधा पाइन: उपसभामुख राना

  • शुक्रवार, फाल्गुण १९ २०७९

  • 385
    SHARES

  • म हेपिएँ, राज्यबाट पाउने सेवा सुविधा पाइन: उपसभामुख राना

    काठमाडौं। प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको गुनासो गर्नुभएको छ। भ्रष्टाचारविरुद्ध सांसदहरूको विश्वव्यापी संगठन, नेपाल च्याप्टरको कार्यक्रममा बोल्दै उहाँले राज्यको माथिल्लो निकायमा भ्रष्ट आचारण रहेकै कारण आफूलाई सेवा, सुविधा दिने कुरामा पनि विभेद् र अन्याय भएको बताउनुभयो ।

    उपसभामुख रानाले त्यस्ता खालका गतिविधि सहन गर्न नसकिने समेत बताइन्। पुरुष उपसभामुख हुँदा पाउने सुविधा अहिले आफूले नपाएको उहाँको भनाइ थियो ।

    उहाँले उपसभामुखलाई निवास सुविधा दिने कुरामा राज्य गम्भीर नभएको आरोप लगाउँदै आफूलाई घर दिने भनेको सुनेको तर नदिई ३६ हजार रुपैयाँ भाडा मात्र दिएको बताउनुभयो ।

    ‘३६ हजार निवास भाडा दिइएको छ, आफू ४४ हजार तिरेर बस्नु परेको छ’ उहाँले भन्नुभयो ।उपसभामुख रानाले आफू सानो पार्टीबाट आएकाले राज्यबाट पाउने सेवा, सुविधामा विभेद गरेको हुन सक्ने बताउनुभयो ।


    शुक्रवार, फाल्गुण १९ २०७९०५:३७:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij