Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

नेवि संघका नेताहरुबिच झडप, केहि घाइते, पार्टी कार्यालय सानेपामा तोडफोड

नेवि संघका नेताहरुबिच झडप, केहि घाइते, पार्टी कार्यालय सानेपामा तोडफोड

  • शुक्रवार, फाल्गुण १९ २०७९

  • 349
    SHARES

  • नेवि संघका नेताहरुबिच झडप, केहि घाइते, पार्टी कार्यालय सानेपामा तोडफोड

    काठमाडौं। नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ)का दुइ पक्षिय नेताबीच कुटाकुट भएको छ। संस्थापन समूह र संस्थापनइतर समूहबीचको झडपमा केहि विद्यार्थी नेताहरु घाईते भएका छन्। सोही क्रममा सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा समेत तोडफोड भएको छ । विद्यार्थी नेताहरु शिव रिमाल, हरि आचार्य, डा.श्यामचन्द्र अधिकारी घाइते भएका छन्।

    नेवि संघ संस्थापन इतरसमूहका नेता विनोद शाही ठकुरीले संस्थापन समूहले एकलौटी गरेकाले विवाद भएको बताउनुभयो। उहाँले समयमै पार्टीले भातृ संस्थालाई पूर्णता नदिएकाले विवाद उत्पन्न भएको जानकारी दिनुभयो ।टौदह रिसोर्टमा बसिरहेको बैठकपछि असन्तुष्ट समूह पार्टी कार्यालय पुगेर तोडफोडमा उत्रिएको हो।

    नेविसंघ अध्यक्ष दुजाङ शेर्पा पक्षले आफ्ना कार्यकर्तालाई कुटेको इतरपक्षको आरोप छ। शेर्पाले त्रिविमा केन्द्रीय प्रतिनिधिका रुपमा पदम भट्टराईलाई तोक्नुभएको थियो। कोइराला समूहले पनि त्रिविमा प्रविण कैनीलाई प्रतिनिधिका रुपमा खटाएको थियो। विवाद समाधान भइसकेपछि केही व्यक्ति प्रवेश गरी आक्रमण गरेको शेखर समूहको आरोप छ।


    शुक्रवार, फाल्गुण १९ २०७९०५:२२:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij