Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

रेशमको माग : श्रीमतीलाई उपप्रधानमन्त्री, टिकापुरलाई जिल्ला घोषणा

रेशमको माग : श्रीमतीलाई उपप्रधानमन्त्री, टिकापुरलाई जिल्ला घोषणा

  • बिहिवार, फाल्गुण १८ २०७९

  • 556
    SHARES

  • रेशमको माग : श्रीमतीलाई उपप्रधानमन्त्री, टिकापुरलाई जिल्ला घोषणा

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले आठ दलीय गठबन्धनभित्र ८ वटा माग अगाडि सारेको छ । नाउपाका संरक्षक रेशम चौधरीले गठबन्धनसामु ८ वटा माग अगाडि सारेका हुन् ।

    आठ दलीय गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार बनेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिहीबार बिहान रेशम चौधरीलाई भेट्नुभएको थियो । रेशमलाई भेट्न डिल्लीबजार कारागारमा पुगेका पौडेलसमक्ष रेशमले ८ वटा माग राखेका नउपाका एक नेताले बताएका छन् ।

    सुदूरपश्चिम प्रदेशमा कांग्रेस, माओवादी र नाउपा डेढ–डेढ वर्ष सरकारको नेतृत्व गर्ने गरी सहमति हुनुपर्ने नाउपाको माग छ । नाउपाले सुदूरपश्चिममा अहिले दुई मन्त्री र एक राज्यमन्त्री माग्नुका साथै दुई संसदीय समितिको सभापति माग गरेको छ । सुदूरपश्चिम प्रदेशको नाम खस–थारु प्रदेश नराख्नु पर्ने रेशमको माग छ । नाम फेर्न गठबन्धनसँग सुदूरपश्चिममा दुई तिहाइ रहेको चौधरीको भनाइ छ ।

    यस्तै, कैलालीको टीकारपुर क्षेत्रलाई छुट्टै जिल्ला घोषणा गर्न रेशमले माग अगाडि सारेका छन् ।


    बिहिवार, फाल्गुण १८ २०७९०५:३७:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij