Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

अतिकम विकसित मुलुकहरूको सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री श्रेष्ठ दोहा जाने

अतिकम विकसित मुलुकहरूको सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री श्रेष्ठ दोहा जाने

  • बिहिवार, फाल्गुण १८ २०७९

  • 286
    SHARES

  • अतिकम विकसित मुलुकहरूको सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री श्रेष्ठ दोहा जाने
    काठमाडौं । उपप्रधानमन्त्री समेत रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ अतिकम विकसित मुलुकहरू (एलडीसी) को सम्मेलनमा भाग लिन भोलि कतारको दोहा जानुहुने भएको छ। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जाने भनिए पनि उहाँको भ्रमण स्थगित भएपछि मन्त्री श्रेष्ठ दोहा जानुहुने तय भएको हो ।
     
    परराष्ट्र मन्त्रालयका अनुसार श्रेष्ठ ५ देखि ९ मार्चसम्म दोहामा आयोजना हुने एलडीसीको सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्नुहुने छ । उहाँ सम्मेलन सकिएपछि ७ मार्चमा स्वदेश फर्किने कार्यक्रम छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री श्रेष्ठलाई सम्मेलनमा भाग लिन पठाउने निर्णय गरेको थियो ।
     
    नेपालले यस वर्षदेखि एलडीसीको अध्यक्षता गर्ने तालिका छ । यसअघि मालवीले यसको अध्यक्षता गरिरहेको थियो । श्रेष्ठले भ्रमणका क्रममा एलडीसी सम्मेलनका प्लेनरी सेसनमा भाग लिनुहुने छ भने विभिन्न देशका प्रतिनिधिसँग द्विपक्षीय छलफलसमेत गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
     
    साथै, दोहामा रहेका नेपालीहरूसँग समेत मन्त्री श्रेष्ठले भेट तथा छलफल गर्ने कार्यक्रम रहेको छ । मन्त्री श्रेष्ठ नेतृत्वको प्रतिनिधि मण्डलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, सांसद जितेन्द्र नारायण देव, नेपाल सरकारका सचिवहरू, कतारका लागि नेपाली राजदूत र अन्य वरिष्ठ अधिकारीहरू रहनेछन् ।


    बिहिवार, फाल्गुण १८ २०७९०३:५४:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij