Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

कांग्रेसले नेतृत्व गरिरहेको सत्ता समीकरणमा उतारचढाव आउने खतरा (खासखबर)

कांग्रेसले नेतृत्व गरिरहेको सत्ता समीकरणमा उतारचढाव आउने खतरा (खासखबर)

  • बुधवार, फाल्गुण १७ २०७९

  • 654
    SHARES

  • कांग्रेसले नेतृत्व गरिरहेको सत्ता समीकरणमा उतारचढाव आउने खतरा (खासखबर)

    काठमाडौं। पुस १० गते बदलिएको सत्ता समीकरण दुई महिना टिक्न नपाउँदै पुनः निर्वाचन ताकाकै गठबन्धनमा पुगेर रोकिएको छ। हाल केही दल मिसिएर आठदलीय गठबन्धन निर्माण भएको छ। जसको नेतृत्वदायी भूमिकामा कांग्रेस स्पष्ट देखिएको छ। फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई अगाडि सारेको कांग्रेसले सबै दलहरुसँग मत दिन आह्वान गरिसकेको छ ।

    माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि पौडेललाई सहयोग गरेर सहमति अनुसार प्रधानमन्त्रीको कार्यकाल बिताउन चाहान्छन्। फागुन १३ गते भएको नयाँ सहमति अनुसार शेरबहादुर देउवा र माधवकुमार नेपाल पनि प्रधानमन्त्री बन्नुहुनेछ। अहिलेको समीकरणलाई कसरी पूर्ण कार्यकालमा लैजाने भन्ने विषय कांग्रेसको हातमा रहेको छ। ठूलो दलको हैसियतले कांग्रेसले नै जस÷अपजस लिनुपर्ने महामन्त्री गगन थापाको भनाइ छ।

    पुस १० गते कांग्रेसले रणनीतिक खेल शुरु गर्दै संविधानको धारा ७६ को ३ बमोजिमको सरकार बन्ने अवस्था आइसकेपछि गलेका प्रचण्ड बालुवाटारबाट बालकोट पुग्नुभएको थियो। त्यसलगत्तै नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री पनि बन्नुभयो तर पछिल्लो समय प्रचण्डले नै धोका दिएकोले एमाले अर्को समीकरणका लागि मार्ग प्रशस्त गर्ने नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङको भनाइ छ।

    यता, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले रामचन्द्र पौडेललाई राष्ट्रपतिमा पार्टीले समर्थन गर्ने निर्णय नभएको दाबी गर्नुभएको छ। वामपन्थी नेताहरुको गैरराजनीतिक चरित्रका कारण राष्ट्रपति गुमेको उहाँको भनाइ छ।

    भर्खरै पुनः समीकरणमा जोडिएका दलहरुबीच पनि एकआपसमा मतभिन्नता शुरु हुन थालेको छ । जसको लाभ लिनका निम्ति नेकपा एमाले पर्ख र हेरको परिस्थितिमा रहेको छ । पटकपटकको राजनीतिक अस्थिरताका कारण मुलुकको विकास र समृद्धिमा अड्चन आइरहेको छ । खस्किएको अर्थतन्त्रका कारण कर्मचारीहरुले तलब समेत खान नपाउने परिस्थिति सिर्जना हुने बहस शुरु भएको छ ।

     


    बुधवार, फाल्गुण १७ २०७९०८:२३:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij