Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

रामचन्द्रलाई जिताउन कांग्रेसले सातै प्रदेशमा पदाधिकारी खटाउँदै

रामचन्द्रलाई जिताउन कांग्रेसले सातै प्रदेशमा पदाधिकारी खटाउँदै

  • बुधवार, फाल्गुण १७ २०७९

  • 360
    SHARES

  • रामचन्द्रलाई जिताउन कांग्रेसले सातै प्रदेशमा पदाधिकारी खटाउँदै

    काठमाडौं। नेपाली कांग्रेसले रामचन्द्र पौडेललाई राष्ट्रपतिमा जिताउन सातवटै प्रदेशमा आफ्ना पदाधिकारी खटाउने भएको छ। आज बसेको कांग्रेस पदाधिकारी बैठकले राष्ट्रपति निर्वाचनमा पौडेललाई निर्वाचित गराउन प्रदेश सभाका सदस्यहरुसँग मत माग्न सातै प्रदेशमा पदाधिकारी खटाउने निर्णय गरेको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिनुभयो ।

    राष्ट्रपतिका लागि ८ दलको साझा उम्मेद्वार बनेका कांग्रेस वरिष्ठ नेता पौडेललाई विजयी गराउनका लागि १९ गते सातवटै प्रदेशमा हुने प्रशिक्षण कार्यक्रममा कांग्रेस पदाधिकारीलाई खटाइने प्रवक्ता महतले बताउनुभयो।

    राष्ट्रपतिका लागि सहकार्यमा रहेका दलका प्रदेश सभा र प्रतिनिधि सभाका सांसदहरूको संयुक्त उपस्थितिमा भोली छलफल गर्ने जनाइएको छ। फागुन २४ गते पुनः छलफल हुने जनाइएको छ।


    बुधवार, फाल्गुण १७ २०७९०४:२३:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij