Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

कर्फ्यू लगाएर प्रदेश १ को नामाकरण गरिँदै

कर्फ्यू लगाएर प्रदेश १ को नामाकरण गरिँदै

  • बुधवार, फाल्गुण १७ २०७९

  • 280
    SHARES

  • कर्फ्यू लगाएर प्रदेश १ को नामाकरण गरिँदै

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय, मोरङले निषेधित क्षेत्र घोषणा गरेको छ ।

    प्रदेश नम्बर १ को प्रदेशसभामा नामकरणको विषय कार्यसूचीभित्र रही छलफल हुने भएकोले नामकरणको प्रक्रिया प्रारम्भ भई टुङ्गो नलागुन्जेलसम्मका लागि प्रदेश सभा आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।

    विराटनगरस्थित देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीज्यूको निवास वरवर नामको टुङ्गो नलागेसम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।

    नामकरण भएपश्चात् पनि असहमत पक्ष विभिन्न राजनैतिक दल, समूह, जातीय संघ संस्थाबाट सम्भावित विरोध, धर्ना, जुलुस, झडप हुन सक्ने भएकोले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सुरक्षा स्थितिलाई सहज एवं सामान्य तुल्याई राख्न दिउँसो ३ बजेदेखि अर्को आदेश जारी नभए सम्म निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

     


    बुधवार, फाल्गुण १७ २०७९०२:११:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij