Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

आजको प्रतिनिधि सभाको बैठक बस्नै सकेन, कांग्रेस र एमाले दुबैको प्रमुख प्रतिपक्षी दाबी

आजको प्रतिनिधि सभाको बैठक बस्नै सकेन, कांग्रेस र एमाले दुबैको प्रमुख प्रतिपक्षी दाबी

  • बुधवार, फाल्गुण १७ २०७९

  • 323
    SHARES

  • आजको प्रतिनिधि सभाको बैठक बस्नै सकेन, कांग्रेस र एमाले दुबैको प्रमुख प्रतिपक्षी दाबी

    काठमाडौं। नेपाली कांग्रेस र नेकपा (एमाले)दुवै ठूला दलले आफूलाई प्रमुख विपक्षी दल दाबी गरेपछि आजका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ। आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित गरी चैत ५ गतेलका लागि बोलाइएको हो ।

    एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेकाले प्रमुख प्रतिपक्षमा आफ्नो हक लाग्ने बताएको छ भने कांग्रेसले आफू सरकारमै नगएकाले प्रमुख प्रतिपक्षको दाबी छाडेको छैन।

    कांग्रेसले गत पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई विश्वासको मत दिएपछि प्रमुख प्रतिपक्षीको मान्यता पाउने नपाउने विवादका बीच संसद सचिवालयले प्रमुख विपक्षी दलको मान्यता दिएको थियो। कांग्रेस र एमाले दुवै दलले प्रमुख प्रतिपक्ष दाबी गर्दा बुधबारको बैठक नै स्थगित गर्नुपरेको बुझिएको छ।

    samsad.jpg


    बुधवार, फाल्गुण १७ २०७९०१:०८:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij