Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको चुनाव चिह्न फेरियो

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको चुनाव चिह्न फेरियो

  • बुधवार, फाल्गुण १७ २०७९

  • 1.0K
    SHARES

  • राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको चुनाव चिह्न फेरियो

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन चिह्न फेरेको छ। रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले चुनाव चिह्न फेरेर यसअघिको चुनाव चिन्ह गोलाकार भित्रको घण्टीमा अब गोलाकार हटाएर घण्टीमात्रै राखिएको जानकारी दिनुभयो।

    उहाले भन्नुभयो ‘यसअघि गोलो घेराभित्र घण्टी चुनाव चिह्न रहेकोमा अब गोलो घेरा हटाएर घण्टीमात्रै राखिएको छ’।यससँगै निर्वाचन आयोगले पनि राजनीतिक दलसम्बन्धी विवरण अद्यावधिक गर्दै रास्वपाको चुनाव चिह्न घण्टीमात्रै राखेको छ ।

    रवि लामिछाने नेतृत्वको रास्वपाले गत मंसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचनमा गोलो घेराभित्र घन्टी चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेको थियो। उसले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १३ गरी २० सिट जितेको थियो ।

    पार्टी सभापति रवि लामिछानेको नागरिकता विवादका कारण सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएपछि चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ। निर्वाचनका लागि रास्वपासहित १८ दल दर्ता भएका छन् ।


    बुधवार, फाल्गुण १७ २०७९१२:४६:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij