Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

एमालेका मन्त्रीहरुको राजीनामा स्वीकृत, मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई नै

एमालेका मन्त्रीहरुको राजीनामा स्वीकृत, मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई नै

  • मंगलवार, फाल्गुण १६ २०७९

  • 504
    SHARES

  • एमालेका मन्त्रीहरुको राजीनामा स्वीकृत, मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई नै

    काठमाडौं। नेकपा एमालेका ८ मन्त्रीले दिएको राजीनामा स्वीकृत भएको छ। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल,कृष तथा पशुपंक्षी विकासमन्त्री ज्‍वाला कुमारी साह, उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्‍यवस्था ,सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्‍द्र कुमार राई,परराष्ट्रमन्त्री विमला राई पौड्याल,स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी,महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेतीको राजीनामा स्‍वीकृत भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

    साथै राजीनामापछि रिक्त ८ मन्त्रालयको जिम्मेवारी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ताकिदिनुभएकको छ।एमालेका मन्त्रीहरूले सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई राजीनामा पत्र बुझाएका थिए। एमालेले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थनसहित सरकारबाट बाहिरिएको हो।


    मंगलवार, फाल्गुण १६ २०७९०२:५१:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij