Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति निर्वाचनको आचार संहिता सार्वजनिक, भोलीदेखि लागु हुने

राष्ट्रपति निर्वाचनको आचार संहिता सार्वजनिक, भोलीदेखि लागु हुने

  • मंगलवार, फाल्गुण १६ २०७९

  • 322
    SHARES

  • राष्ट्रपति निर्वाचनको आचार संहिता सार्वजनिक, भोलीदेखि लागु हुने

    काठमाडौं : निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि भोलिदेखि लागु हुने गरेरआचारसंहिता सार्वजनिक गरेको छ। आयोगले भोलिदेखि चैत्र ५ गतेसम्म लागू हुनेगरी आचार संहिता सार्वजनिक गरेको हो। आचार संहिता २०७९ भदौ १३ गते नेपाल राजपत्र खण्ड ७२,संख्या ३२ मा प्रकाशन भइसकेको आयोगले जनाएको छ।

    नेपाल सरकार र नेपाल सरकारका मन्त्री,प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री,संघ,प्रदेश र स्थानीय तहका कर्मचारी,सुरक्षा निकाय,सुरक्षाकर्मी तथा कर्मचारी,सरकारी,अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी,राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन,उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधिलाई आचार संहिता लागू हुनेछ।

    यस्तै, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि,सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान,सोका कर्मचारी तथा सञ्चारकर्मी र मतदातामा आचार संहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ।

    आज राष्ट्रपतिका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ। राष्ट्रपतिका लागि नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवास चन्द्र नेम्बाङको उम्मेदवारी परेको छ। फागुन २५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ।elcection-_BGONnk51wD.jpg


    मंगलवार, फाल्गुण १६ २०७९०१:०१:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij