काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार जनताको अवस्था बदल्न दृढ संकल्पित रहेको बताउनु भएको छ।
नेपालको आदिवासी जनजाति अन्तर्गत अल्पसंख्यक सीमान्तकृत जाति माझी समुदायले फागुनको तेस्रो आज मनाउने लदी पर्वको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उहाँले यस्तो बताउनुभएको हो।
वर्तमान सरकार बदलिएको व्यवस्था अनुरूप जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने संकल्पका साथ अवस्था बदल्न दृढ संकल्पित भएको जारी सन्देशमा भनिएको छ।
सम्पूर्ण नेपालीलाई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा हातेमालो गर्न समेत उहाँले अपिल गर्नुभएको छ।